२०८३, ११ कार्तिक बुधबार

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले पार्टी यस निर्वाचनमा एकताबद्ध रूपमा अघि बढेको बताउनुभएको छ। सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले केही दिनअघि बरालिएका युवाहरू पनि एमालेमा फर्कने दाबी गर्नुभयो।

बस्नेतले यस निर्वाचनमार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गुल नेटवर्कबाट आएको पार्टी गुगलमा हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ।” उहाँले संविधान, विकास र राष्ट्रको रक्षा गर्न एमालेको विजय आवश्यक भएको र युवाले सचेत भई एमालेलाई मत दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले संसद विघटनपछि २०८२ सालमा निर्वाचनमा जानुपरेको उल्लेख गर्दै एमाले विहीन संसद बनाउन खोजिएको षडयन्त्र असफल भएको बताउनुभयो। साथै, भदौ २३ र २४ मा भएका घटनालाई आन्दोलन नभई सुनियोजित आक्रमणको रुपमा वर्णन गर्दै, हिंसात्मक घटनामा घातक रसायन र लुटपाट भएको दाबी गर्नुभयो।

बस्नेतले एमालेको मिसन २०८४ अभियान अन्तर्गत मुलुकको विकास र समृद्धिका लागि पार्टीलाई मत दिन सबै नागरिकलाई आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : १४ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा