२०८२, १४ चैत्र आईतबार

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले पार्टी यस निर्वाचनमा एकताबद्ध रूपमा अघि बढेको बताउनुभएको छ। सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले केही दिनअघि बरालिएका युवाहरू पनि एमालेमा फर्कने दाबी गर्नुभयो।

बस्नेतले यस निर्वाचनमार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गुल नेटवर्कबाट आएको पार्टी गुगलमा हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ।” उहाँले संविधान, विकास र राष्ट्रको रक्षा गर्न एमालेको विजय आवश्यक भएको र युवाले सचेत भई एमालेलाई मत दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले संसद विघटनपछि २०८२ सालमा निर्वाचनमा जानुपरेको उल्लेख गर्दै एमाले विहीन संसद बनाउन खोजिएको षडयन्त्र असफल भएको बताउनुभयो। साथै, भदौ २३ र २४ मा भएका घटनालाई आन्दोलन नभई सुनियोजित आक्रमणको रुपमा वर्णन गर्दै, हिंसात्मक घटनामा घातक रसायन र लुटपाट भएको दाबी गर्नुभयो।

बस्नेतले एमालेको मिसन २०८४ अभियान अन्तर्गत मुलुकको विकास र समृद्धिका लागि पार्टीलाई मत दिन सबै नागरिकलाई आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : १४ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर