२०८२, १४ चैत्र आईतबार

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

विध्वङ्स गर्नेलाई अब छाड्नु


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार आफ्नै गाउँ कमल गाउँपालिका भ्रमण गर्दै मतदातासँग भेटघाट गर्न पुग्नुभयो। गाउँबासीले फूल, माला र मुस्कानसहित उहाँलाई स्वागत गरे।

तर, सबैभन्दा भिन्न भावसहित दूर्गा अधिकारी नामकी एक स्थानीयले अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्दै सरकारका कार्यालय, सिंहदरवार र अन्य भवन जलेको घटनाप्रति आफ्नो चिन्ता व्यक्त गरिन्। उहाँले प्रश्न गर्नुभयो, “ती भवन र कार्यालयको के दोष थियो र जलाईयो? ति विध्वङ्स गर्नेलाई अब छाड्नु ?”

यो प्रश्न सुनेर ओली केही बेर मौन रहनुभयो र पछि भन्नुभयो, “सवै कुरा समय आएपछि ठिक हुन्छ, चिन्ता नगर्नु होला।” त्यसपछि अधिकारीसहित अन्य स्थानीयहरूले पनि देशका सम्पदा जलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए।

स्थानिय राम धिमालले गाउँको विकासका लागि पुराना कार्यहरू जस्तै रतुवाको तटबन्धन, कालोपत्रे सडक, विजुली र खानेपानीको उपलब्धिलाई स्मरण गर्दै, अबको विकासका लागि योग्य नेतालाई नै छान्ने कुरा व्यक्त गर्नुभयो।

अध्यक्ष ओली शनिबार र आइतबार कमल गाउँपालिका भित्रका विभिन्न टोलहरूमा गएर स्थानीयसँग भेटघाट र भलाकुसारी गर्दै रहनुभएको थियो।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : ११ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर