२०८३, ११ कार्तिक बुधबार

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो


सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा ठूलो परिमाणमा औषधि म्याद सकिएको पाइएको छ। समयमै वितरण नहुँदा म्याद गुज्रिएको औषधि अस्पताल परिसरमै जलाएर नष्ट गरिएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामी आवश्यक औषधि नपाएर निजी मेडिकल पसलबाट किन्न बाध्य छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले म्याद सकिएका औषधि आफ्नो कार्यकालअघिकै भएको दाबी गर्दै औषधि जलाउने निर्देशन आफूले नदिएको बताएका छन्।

स्थानीयले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र अनुगमनको अभाव भएको भन्दै छानबिनको माग गरेका छन्।

स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। उनीहरूले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र नियमित अनुगमनको गम्भीर अभाव रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : ३५ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा