२०८२, २२ माघ बिहीबार

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा


सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका वुद्धिजीवीहरुसँग छलफल गरेका छन् ।
सदरमुकाम सिन्धुलीमाढीमा भएको छलफलपछि उपस्थित बुद्धिजिवीहरुले यस पटकको निर्वाचनमा बौद्धिक उमेदवार मनोज जंग थापालाई सघाउन सिन्धुलीवासीलाई अपील गरेका छन् ।

छलफलका क्रममा बुद्धिजिबिहरुले सिन्धुली क्षेत्र नंं २ का उमेदवारहरु मध्ये मनोज जंग शालिन, वौद्धिक, क्षमतावान र भरोसा योग्य उमेदवार भएको निश्कर्ष निकालेका थिए ।
सिन्धुलीको चुनाबी राजनीतिलाई प्रभावित बनाउँदै आएका आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कमलामाई नगरपालिका वडा नम्बर १ देखि १० सम्मका बुद्धिजीवी तथा सामाजिक अगुवाहरुसँग थापाले छलफल गरेका हुन् ।
छलफल कार्यक्रममा सिन्धुलीका बौद्धिक व्यक्तित्वहरु शंखरनाथ शर्मा, फाल्गुनी शर्मा, गोर्कण थापा, भिम विक्रम थापा, सरोज ढकाल, लगायतका बौद्धिक व्यक्तिहरुको उपस्थिति रहेको २ नम्बर निर्वाचन क्षेत्रका प्रचार संयोजक कृष्णहरी घिमिरेले जानकारी दिए ।
छलफल कार्यत्रममा बोल्दै एमाले उमेदवार थापाले हाम्रा सन्ततीको भविष्यलाई सुनिश्चित गर्नका निम्ति लोकतान्त्रिक प्रक्रियालाई पुन सुचारु गर्ने अभियानमा नेकपा एमाले र आफू कन्द्रीत रहेको प्रष्ट पारेका छन् ।
अहिले सामाजिक संजालमार्फत आम नागरिकमा पुराना राजनैतिक दलहरु प्रति वितृष्णा सिर्जना गराई ती उनीहरुको काम छैन भन्ने गलत भाष्य सिर्जना गराईएको बताउँदै उनले नेकपा एमाले बिना देशको अस्तित्व नरहने उल्लेख गरे । नयाँ दलहरुले समाजमा धार्मिक, सामाजिक, साँस्कृतिक लगायतका द्धन्द्ध सिर्जना गरिरहेको बताउँदै सानादलहरु असारको खहरे मात्र भएको उनीहरु धेरै समय नटिक्ने प्रष्ट पारेका छन् ।
डिरेल भएको लोकतान्त्रिक प्रक्रियालाई लयमा फर्काउनु आजको मुख्य आवश्यकता भएको बताउँदै थापाले अउँदो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको र संयमित भएर सचेतता पुर्वक आफ्नो मत जाहेर गर्न पनि उहाँले सबैलाई आग्रह गरेका थिए । बुद्धिजिविहरुको यो घोषणासँगै सिन्धुलीमा एमाले उमेदवारको बिजय यात्रा तय भएको आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८२, २२ माघ बिहीबार  २ : ०० बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले