२०८२, १९ फाल्गुन बुधबार

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता


काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय जनसमुदाय सामू एमाले क्षेत्र नं. १ का उमेदवार अमित लामाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा एमाले उमेदवार लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
भेटघाट कार्यक्रममा बोल्दै लामाले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे । “म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको र समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ,” उनले प्रतिवद्धता जनाउने क्रममा भने ।
उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको उल्लेख गरे । “यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ । समस्या छन्, तर समाधान सम्भव छन्‌” भन्दै उनले योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव रहेको धारणा राखे ।
उम्मेदवार लामाले खाली वाचा होइन, काम गर्ने इमान, नतिजा देखाउने इच्छाशक्ति र जवाफदेही नेतृत्व लिएर जनतामाँझ आएको बताए । सुखमा साथ दिने र दुःखमा काँध थाप्ने प्रतिनिधि बन्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा उनले एमालेको सूर्य चिन्हलाई आशा, उज्यालो र समृद्धिको प्रतीकका रूपमा उल्लेख गर्दै विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका लागि सूर्य चिन्हमा मतदान गर्न स्थानीयवासीसँग आग्रह गरे ।
स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै अघि बढाइएको घरदैलो कार्यक्रमले काभ्रेको यस क्षेत्रमा चुनावी माहोललाई थप सक्रिय बनाएको छ देखिएको छ ।

प्रकाशित मिति : २०८२, १८ माघ शनिबार  ३ : ५३ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको