२०८२, १७ माघ शनिबार

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता


काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय जनसमुदाय सामू एमाले क्षेत्र नं. १ का उमेदवार अमित लामाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा एमाले उमेदवार लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
भेटघाट कार्यक्रममा बोल्दै लामाले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे । “म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको र समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ,” उनले प्रतिवद्धता जनाउने क्रममा भने ।
उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको उल्लेख गरे । “यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ । समस्या छन्, तर समाधान सम्भव छन्‌” भन्दै उनले योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव रहेको धारणा राखे ।
उम्मेदवार लामाले खाली वाचा होइन, काम गर्ने इमान, नतिजा देखाउने इच्छाशक्ति र जवाफदेही नेतृत्व लिएर जनतामाँझ आएको बताए । सुखमा साथ दिने र दुःखमा काँध थाप्ने प्रतिनिधि बन्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा उनले एमालेको सूर्य चिन्हलाई आशा, उज्यालो र समृद्धिको प्रतीकका रूपमा उल्लेख गर्दै विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका लागि सूर्य चिन्हमा मतदान गर्न स्थानीयवासीसँग आग्रह गरे ।
स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै अघि बढाइएको घरदैलो कार्यक्रमले काभ्रेको यस क्षेत्रमा चुनावी माहोललाई थप सक्रिय बनाएको छ देखिएको छ ।

प्रकाशित मिति : २०८२, १७ माघ शनिबार  ३ : ५३ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।