२०८२, १६ माघ शुक्रबार

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी शक्तिको प्रभावमा कठपुतली सरकार निर्माण भएको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्वाचनपछि पनि त्यस्तै प्रकृतिको सरकार जन्माउने योजनासहित अभियान अघि बढाइएको दाबी गरे।

उनले भने, “संविधान आज घायल अवस्थामा छ, लोकतन्त्र कमजोर पारिएको छ। नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र भइरहेको छ। अहिले विदेशी शक्तिको कठपुतली सरकार बनेको छ र भविष्यमा पनि त्यसलाई निरन्तरता दिन ‘जेलेन्स्की’ जन्माउने योजनासहित अभियान सुरु गरिएको छ।”

महासचिव पोखरेलले विदेशी षड्यन्त्र सफल हुन नदिने गरी एमाले अघि बढिरहेको स्पष्ट गरे। उनले चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमि प्रयोग गर्न नदिइने बताए ।

प्रकाशित मिति : २०८२, १६ माघ शुक्रबार  ४ : ३८ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको