२०८३, २० आश्विन बुधबार

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी शक्तिको प्रभावमा कठपुतली सरकार निर्माण भएको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्वाचनपछि पनि त्यस्तै प्रकृतिको सरकार जन्माउने योजनासहित अभियान अघि बढाइएको दाबी गरे।

उनले भने, “संविधान आज घायल अवस्थामा छ, लोकतन्त्र कमजोर पारिएको छ। नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र भइरहेको छ। अहिले विदेशी शक्तिको कठपुतली सरकार बनेको छ र भविष्यमा पनि त्यसलाई निरन्तरता दिन ‘जेलेन्स्की’ जन्माउने योजनासहित अभियान सुरु गरिएको छ।”

महासचिव पोखरेलले विदेशी षड्यन्त्र सफल हुन नदिने गरी एमाले अघि बढिरहेको स्पष्ट गरे। उनले चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमि प्रयोग गर्न नदिइने बताए ।

प्रकाशित मिति : २०८२, १७ माघ शुक्रबार  ४ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको