२०८३, ३ भाद्र बिहीबार

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा


काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गमा रहेको होटेल उडल्यान्डको माथिल्लो तलामा सञ्चालनमा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहीबार बिहान आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागी भएको केही समयमै सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले आगो नियन्त्रणमा आइसकेको जानकारी दिँदै आगलागीको कारण भने अझै खुलिनसकेको बताएका छन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार  ११ : ५१ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती