२०८३, २० आश्विन बुधबार

एमाले मकवानपुर चुनावी मोर्चामा

एमाले मकवानपुर चुनावी मोर्चामा

२ हजार २५ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन, जिम्मेवारीसहित मैदानमा


हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक रूपमा जित्ने लक्ष्यसहित नेकपा एमाले जिल्ला कमिटी मकवानपुर पूर्ण रूपमा चुनावी मोर्चामा उत्रिएको छ। पार्टीले मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गर्दै संगठनात्मक शक्ति एकैचोटि परिचालन गरेको छ।

जिल्लादेखि वडा तहसम्म पार्टीका सबै संरचना, अनुभवी नेतृत्व, जननिर्वाचित प्रतिनिधि, जनसंगठन, विद्यार्थी र युवा शक्ति समेट्दै एमालेले मकवानपुरमा बलियो चुनावी कमाण्ड तयार पारेको छ। केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्चदेखि स्ववियुसम्मका प्रतिनिधि परिचालन समितिमा समेटिँदा एमालेको संगठनात्मक सशक्तता स्पष्ट देखिएको छ।

निर्वाचन परिचालन समितिको सचिवमा जिल्ला उपाध्यक्ष हिदम लामा तोकिँदा ७७ सदस्यीय शक्तिशाली सचिवालय समिति पनि गठन गरिएको छ। पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गर्दै अभियानलाई परिणाममुखी बनाउने रणनीति तय गरिएको छ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा एकालाल श्रेष्ठको नेतृत्वमा, क्षेत्र नं. २ मा भारती पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। दुवै क्षेत्रमा अनुभवी, लडाकु र परिणाम दिन सक्ने टोली खटाइँदै चुनावी अभियानलाई तीव्र बनाइने पार्टीले जनाएको छ।

प्रचार, घोषणापत्र, आर्थिक व्यवस्थापन, कानुनी परामर्श, मतदाता समन्वयदेखि कार्यालय सञ्चालनसम्म सबै जिम्मेवारी स्पष्ट रूपमा तोकिँदा एमालेले चुनाव जित्न कुनै कसर बाँकी नराखेको सन्देश दिएको छ। १० पालिका, २ इलाका र १ सय २ वडामा परिचालन समितिको कार्यालय स्थापना गरी घरदैलोदेखि मतदान केन्द्रसम्म संगठित अभियान चलाइने निर्णय गरिएको छ।

जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव महेश बस्नेत प्रमुख अतिथि रहँदा केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्वको सशक्त उपस्थितिले एमाले मकवानपुर चुनाव जित्न एकढिक्का रहेको स्पष्ट सन्देश गएको छ।

प्रकाशित मिति : २०८२, १३ माघ सोमबार  १२ : ३३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको