२०८३, २० आश्विन बुधबार

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

हरिबोलमाथि कारबाही फिर्ता नलिए नेकपा एकीकरण संकटमा पर्छ


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अधिनायकवादी शैली कायम रहे नेकपा एकीकरण नै धरापमा पर्ने चेतावनी दिएका छन्। नेता हरिबोल गजुरेलमाथि स्पष्टीकरणको मौका नदिई गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै खनालले पार्टीभित्र सामूहिक निर्णय र संस्थागत नेतृत्व प्रणाली स्थापित गर्न जोड दिएका छन्।

सामाजिक सञ्जाल मेटामार्फत धारणा सार्वजनिक गर्दै खनालले एकाध व्यक्तिको इच्छाअनुसार ठूला निर्णय हुनु, घटक दलबाट आएका नेताहरूलाई जानकारी नदिई सार्वजनिक सञ्चारमाध्यमबाट निर्णय थाहा पाउनुपर्ने अवस्था चिन्ताजनक भएको बताएका छन्।

आम निर्वाचन नजिकिँदै गर्दा मुलुकविरुद्ध आन्तरिक र बाह्य प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै उनले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दरो एकताको आवश्यकता औँल्याएका छन्।

खनालले हरिबोल गजुरेलमाथिको कारबाही अविलम्ब स्थगित गर्न, नेतृत्व तहको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे गम्भीर आन्तरिक समीक्षा गर्न प्रचण्डसँग माग गरेका छन्। अन्यथा, एकीकरण सम्पन्न नहुँदै नेकपा बिखण्डनतर्फ जान सक्ने खतरा रहेको उनको चेतावनी छ।

प्रकाशित मिति : २०८२, १३ माघ सोमबार  १० : १० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको