२०८३, २० आश्विन बुधबार

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास


काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत बनाउँदै काभ्रेको तेमाल र रोशी क्षेत्रका सचेत र उर्जावान युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

परिवर्तन र समृद्धिको यात्रामा एमालेका उम्मेदवार एवं केन्द्रीय सदस्य अमित लामाको नेतृत्वलाई बलियो बनाउन उनीहरूले आफ्नो शक्ति समर्पण गरेका छन्। एमाले प्रवेश गर्ने युवाहरूमा साईमान लामा, भिम दोङ, अजय लामा, विजय लामा, अमिन लामा, टिएन लामा, सुनिल लामा, पारस लामा, सुजन लामा, जीवन लामा, सुदिप तामाङ, बुद्ध लामा, राजन लामा, मणि लामा, बाबु लामा र बिमल लामा रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अमित लामाले भने:

“युवाशक्ति नै राष्ट्र निर्माणको मूलभूत शक्ति हो। हाम्रो पार्टीमा प्रवेश गरेका यी युवाहरूले समाजवाको विकास र जनताको भरोसालाई अझ सशक्त बनाउनेछन्। काभ्रेको यूवाहरुको समर्थनले हामीलाई विजयको बाटोमा अगाडि बढाउँछ।” कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य राकेश लामा, तेमालका युवा नेता सत्यमान लामा तथा युवा संघ नेपाल काभ्रेका उपाध्यक्ष रुपक रायमाझीको पनि उपस्थिति रहेको थियो।

एमाले नेताहरूले युवाहरूको प्रवेशलाई चुनावी अभियानलाई मजबुत बनाउने कदमको रूपमा हेरिरहेका छन्। संगठन, अनुशासन र वैचारिक स्पष्टतामा विश्वास गर्ने युवाहरूको सहभागिताले काभ्रेको निर्वाचन क्षेत्रमा परिवर्तनको संकेत दिएको छ।

प्रकाशित मिति : २०८२, १२ माघ आईतबार  १० : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको