२०८२, ११ माघ आईतबार

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?


सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी विधि–विधानको पालनाबारे गम्भीर प्रश्न उठ्न थालेका छन् । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला पार्टी कार्यदलले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट अर्कै उम्मेदवार पठाइएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

जिल्ला तहको निर्णयलाई बेवास्ता गरी केन्द्रबाट उम्मेदवार थोपरेको घटनालाई लिएर पार्टीभित्रै निर्णय प्रक्रियाको वैधतामाथि प्रश्न उठेको छ । यसले पार्टी संस्थागत रूपमा चलिरहेको हो कि सीमित नेतृत्वको इच्छाअनुसार भन्ने बहसलाई थप तीव्र बनाएको छ ।

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर विनोद विकले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक प्रचण्डलाई प्रत्यक्ष प्रश्न गरेका छन् । उनले उम्मेदवार चयन र पछिल्लो कारबाही प्रक्रियाबारे स्पष्टता माग्दै लेखेका छन “यो निर्णय पार्टीको कुन निकायबाट भएको हो ? के यो केन्द्रीय समितिको औपचारिक निर्णय हो, स्थायी समिति वा पदाधिकारी बैठकको ? कि सीमित नेतृत्व तहको एकल निर्णय ? यदि संस्थागत निकायबाट निर्णय भएको हो भने सम्बन्धित बैठकको माइन्युट सार्वजनिक गरिनुपर्छ ।”

उनले पार्टी नेता हरिबोल गजुरेलहरूमाथि गरिएको कारबाहीबारे पनि प्रश्न उठाएका छन् । कारबाही विधि–विधानअनुसार अनुशासन आयोग वा केन्द्रीय समितिबाट भएको हो कि नेतृत्व तहको स्वेच्छाचारी निर्णय हो भन्ने विषय अहिलेसम्म स्पष्ट नभएको उनको भनाइ छ ।

पार्टीभित्र विधि–विधान तल्लो कमिटी र कार्यकर्तालाई मात्रै लागू हुने, तर माथिल्लो नेतृत्वका निर्णय भने जवाफदेही नहुने अवस्था बढ्दै गएकोप्रति नेताहरू चिन्तित देखिन्छन् । यसले पार्टीलाई संस्थागतभन्दा पनि व्यक्ति केन्द्रित बनाउँदै लगेको उनीहरूको निष्कर्ष छ ।

अझ गम्भीर पक्ष के छ भने, पार्टीभित्रै अनौपचारिक छलफलमा धेरै नेताहरूले नेतृत्व तहबाट अधिकारको दुरुपयोग भइरहेको स्वीकार गर्ने गरेका छन् । तर सार्वजनिक रूपमा बोल्न भने उनीहरू हिच्किचाइरहेका छन्, जसले पार्टीभित्र डर र असहजताको वातावरण रहेको संकेत गर्छ ।

निर्णय प्रक्रिया पारदर्शी बनाउन र पार्टी विधि–विधानको सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायका बैठकको माइन्युट सार्वजनिक गर्नुपर्ने माग पनि उठ्दै गएको छ । सिन्धुली प्रकरणले नेकपाभित्रको आन्तरिक लोकतन्त्र, जवाफदेहिता र संस्थागत अभ्यासको अवस्था गम्भीर प्रश्नको घेरामा परेको छ ।

प्रकाशित मिति : २०८२, ११ माघ आईतबार  ७ : ५८ बजे

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित