२०८३, १८ जेष्ठ मंगलबार

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश


सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । काँग्रेसबाट लामो समय सक्रिय रहँदै आएकी विष्णु माया थापासहितको समूहले सामूहिक रूपमा पार्टी परित्याग गर्दै एमाले रोजेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

नवप्रवेशीहरूलाई सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मनोज जंग थापाले खादा तथा माला लगाएर स्वागत गरे । सो अवसरमा थापाले देशमा विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि एमालेको नीति, विचार र नेतृत्व अपरिहार्य रहेको दाबी गर्दै जनताको विश्वास क्रमशः एमालेतर्फ बढ्दै गएको बताए । उनले भने, “जनताको अपेक्षा व्यवहारमा उतार्न सक्ने शक्ति एमाले हो । विकासका ठोस योजनासहित हामी जनताको घरदैलोमा पुगेका छौँ ।”

थापाले दलहरूले वर्षौँसम्म जनताको भावनालाई बेवास्ता गरेको आरोप लगाउँदै अब परिवर्तनको समय आएको बताए । उनले युवाको सहभागिता, पारदर्शी राजनीति र स्थानीय तहदेखि संघसम्म समन्वयात्मक विकास एमालेको प्राथमिकता भएको उल्लेख गरे । “सिन्धुलीको समग्र विकासका लागि स्पष्ट खाका छ । जनताको साथले यो यात्रालाई अझ बलियो बनाउँछ,” उनको भनाइ थियो ।

यसैगरी नवप्रवेशी विष्णु माया थापाले काँग्रेसभित्र लामो समय योगदान दिँदा पनि अपेक्षित सम्मान र अवसर नपाएको गुनासो गरिन् । उनले भनिन्, “राजनीति जनताको सेवाका लागि हुनुपर्छ । तर पुरानो पार्टीमा जनभावनाभन्दा गुटबन्दी हाबी भयो । एमालेको स्पष्ट नीति, संगठनात्मक शक्ति र विकासप्रतिको प्रतिबद्धताले मलाई आकर्षित ग¥यो ।” उनले आफूजस्तै सोच राख्ने धेरै कार्यकर्ता एमालेप्रति आकर्षित भइरहेको बताइन् ।

कार्यक्रममा सहभागी अन्य नवप्रवेशीहरूले पनि एमालेमा आबद्ध भएर स्थानीय विकास, रोजगारी सिर्जना र जनजीविकासँग जोडिएका मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। उनीहरूले नेतृत्वमा स्पष्टता र कार्यान्वयन क्षमताका कारण एमालेप्रति भरोसा बढेको बताए ।

कमलामाई नगरपालिकामा काँग्रेसबाट कार्यकर्ता पलायनको यो घटनाले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने संकेत देखिएको छ । पछिल्ला दिनहरूमा एमाले उम्मेदवार थापाको जनाधार विस्तार हुँदै गएको र संगठन सुदृढ बन्दै गएको विश्लेषण भइरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार निरन्तर भइरहेको पार्टी प्रवेशले सिन्धुली क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ ।

प्रकाशित मिति : २०८२, १२ माघ आईतबार  ७ : ४५ बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ