२०८३, ८ भाद्र मंगलबार

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता


काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गराएकोमा ४९ जनाले तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो।

उहाँका अनुसार १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी कुल ३ हजार ४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारमध्ये ३९६ जना महिला, ३ हजार ९० जना पुरुष र १ जना अन्य रहेका छन्। तीमध्ये ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जानकारी दिनुभयो। साथै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी–विरोध संकलन, मतपत्र छपाइ तथा मतदाता नामावली छपाइजस्ता कार्यहरू सञ्चालन भइसकेको उहाँले बताउनुभयो।

उहाँका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ देखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता, उम्मेदवारमाथि दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको छ।

निर्वाचन आयोगका अनुसार अब प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ७ : १५ बजे

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत