२०८३, ११ कार्तिक बुधबार

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा


पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

२०७९ सालको निर्वाचनमा पाल्पावासीले अत्यन्त उच्च मनोबलका साथ ठूलो मत दिएर आफूलाई विजयी गराएको स्मरण गर्दै गैरेले पाँच वर्षका लागि निर्वाचित भए पनि प्रतिनिधिसभा तीन वर्षमै विघटन हुँदा अपेक्षित समय काम गर्न नपाएको बताउनुभयो। यद्यपि करिब पौने तीन वर्षको अवधिमा पाल्पावासीले राखेको विश्वासअनुसार आफूले जिम्मेवारी पूरा गरेको अनुभूति रहेको उहाँको भनाइ छ।

‘काम गर्ने क्रममा केही कमजोरी भएका हुन सक्छन्,’ गैरेले भन्नुभयो, ‘तर विगतका कमजोरीबाट पाठ सिक्दै अब अझ दृढ सङ्कल्पका साथ पाल्पामा सुरु भएका विकासका काम पूरा गर्ने प्रतिबद्धता लिएको छु।’

उहाँले पाल्पाको आर्थिक विकाससँगै पर्यटन, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति र समग्र जिल्लाको विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने स्पष्ट पार्नुभयो। अधुरा योजना पूरा गर्ने, बाँकी सपनालाई यथार्थमा बदल्ने र नयाँ आशा बोकेर पाल्पाको समृद्ध भविष्य निर्माणका लागि पुनः चुनावी मैदानमा आएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ६ : ५६ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा