२०८३, २० आश्विन बुधबार

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसहितले अभिभावकत्व लिएर सहजीकरण गरिदिन आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रत्यक्ष रूपमा भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। रास्वपाले गोरखा–२ बाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए तर तत्कालीन चुनावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यसपटक भने प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

यसैगरी, प्रचण्डले पनि भट्टराईलाई फोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ। गोरखा–२ बाट नेकपाका उम्मेदवार लेखनाथ न्यौपाने रहेका छन्।

भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने हालसम्म केही खुलाएका छैनन्।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  २ : ०७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको