२०८३, २९ भाद्र मंगलबार

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ।

गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका–पथरा क्षेत्रमा प्र०२–०३–०१८प २३४६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुर्गाभगवती गाउँपालिका निवासी अशोक महतो र राजदेवी नगरपालिका–२ निवासी अरविन्द महतोको मृत्यु भएको हो।

दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण ठक्कर अत्यन्तै भीषण भएको र गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  १ : ५८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक