२०८३, ११ कार्तिक बुधबार

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ।

गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका–पथरा क्षेत्रमा प्र०२–०३–०१८प २३४६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुर्गाभगवती गाउँपालिका निवासी अशोक महतो र राजदेवी नगरपालिका–२ निवासी अरविन्द महतोको मृत्यु भएको हो।

दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण ठक्कर अत्यन्तै भीषण भएको र गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  १ : ५८ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा