२०८३, ९ बैशाख बिहीबार

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा


काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति भोलि पार्टी मुख्यालय सानेपा जाने भएको छ। सभापति थापाले भोलिका लागि केन्द्रीय समिति बैठक आह्वान गर्दै पार्टी मुख्यालय जाने कार्यक्रम तय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

उनका अनुसार भोलि सानेपामा बस्ने बैठकले पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ। सभापति निर्वाचित भएपछि थापा पहिलो पटक औपचारिक रूपमा पार्टी मुख्यालय जान लागेका हुन्।

यसअघि शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन सम्पन्न गरिएको थियो। सो महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ।

देउवा पक्षको भेला सानेपामै भइरहेका बेला थापाले भने केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरेका थिए। तर पछि थापाको हस्ताक्षरलाई मान्यता दिँदै देउवा पक्षका नेताहरू समेत निर्वाचन प्रक्रियामा सहभागी भएपछि पार्टीभित्रको विवाद औपचारिक रूपमा अन्त्य भएको संकेत देखिएको छ।

सभापति थापाको सानेपा प्रवेशलाई कांग्रेसभित्रको एकता र संस्थागत पुनर्संरचनाको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार  १२ : ५८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले