२०८३, ६ मंसिर आईतबार

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा


काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति भोलि पार्टी मुख्यालय सानेपा जाने भएको छ। सभापति थापाले भोलिका लागि केन्द्रीय समिति बैठक आह्वान गर्दै पार्टी मुख्यालय जाने कार्यक्रम तय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

उनका अनुसार भोलि सानेपामा बस्ने बैठकले पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ। सभापति निर्वाचित भएपछि थापा पहिलो पटक औपचारिक रूपमा पार्टी मुख्यालय जान लागेका हुन्।

यसअघि शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन सम्पन्न गरिएको थियो। सो महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ।

देउवा पक्षको भेला सानेपामै भइरहेका बेला थापाले भने केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरेका थिए। तर पछि थापाको हस्ताक्षरलाई मान्यता दिँदै देउवा पक्षका नेताहरू समेत निर्वाचन प्रक्रियामा सहभागी भएपछि पार्टीभित्रको विवाद औपचारिक रूपमा अन्त्य भएको संकेत देखिएको छ।

सभापति थापाको सानेपा प्रवेशलाई कांग्रेसभित्रको एकता र संस्थागत पुनर्संरचनाको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार  १२ : ५८ बजे

नेपाली कांग्रेसको जिल्ला सभापतिमा दाहालको घोषणा

सिन्धुली । बिभाजनको डिलमा पुगेको नेपाली कांग्रेसको जिल्ला तथा प्रदेश

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

बालेनको भारत भ्रमणमा सीमा विवाद गायब, राष्ट्रिय सरोकारको मुद्दा एजेन्डाबाटै हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपालको सार्वभौमिकता र

उपाधिपछि मुन्सेले भने– ‘यो जित सबैको मेहनतको प्रतिफल’, रोहितले भने– ‘आज हाम्रो दिन थिएन’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला (तस्बीरहरु)

पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई