२०८२, ५ माघ सोमबार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ


काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबारे भ्रामक सूचना प्रवाह गरेको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंले सार्वजनिक अभिव्यक्तिमार्फत निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए।

प्रसाईंको उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले गम्भीर आपत्ति जनाउँदै उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको थियो। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार  ६ : ०५ बजे

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।