२०८३, २६ श्रावण बुधबार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ


काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबारे भ्रामक सूचना प्रवाह गरेको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंले सार्वजनिक अभिव्यक्तिमार्फत निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए।

प्रसाईंको उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले गम्भीर आपत्ति जनाउँदै उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको थियो। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार  ६ : ०५ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।