२०८३, २० आश्विन बुधबार

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा


काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरको पद रिक्त भएमा उपमेयरले स्वतः कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार आजदेखि डंगोल महानगरको कार्यकारी नेतृत्वमा पुगेकी हुन् ।

मेयर बालेन शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् । उनले आजैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका थिए ।

मेयरको राजीनामापछि काठमाडौं महानगरपालिकाको प्रशासनिक तथा नीतिगत जिम्मेवारी अब उपमेयर डंगोलको नेतृत्वमा अघि बढ्नेछ ।

प्रकाशित मिति : २०८२, ५ माघ आईतबार  ४ : ५८ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय