२०८३, ३० भाद्र बुधबार

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम घडीमा रोकिएको छ। आजै राजीनामा दिने तयारीमा रहेका बालेनले राजनीतिक र कानुनी अनिश्चितताका बीच अचानक निर्णय फेरेका हुन्।

निकट स्रोतहरूका अनुसार राजीनामा पत्र तयार भइसकेको थियो। तर उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी प्रावधान, अदालतमा परेको मुद्दा र चुनाव सर्ने सम्भावनाले बालेनलाई ‘ब्रेक’ लगाउन बाध्य बनाएको छ।

“अहिले नै राजीनामा दिनु जोखिमपूर्ण हुन सक्छ,” बालेन निकट एक नेताले भने, “कांग्रेस अदालत गएको छ, त्यहाँ केही मोड आउन सक्छ। यही अनिश्चितताले अन्तिम समयसम्म राजीनामा होल्ड गरिएको हो।”

मेयर पदबाट राजीनामा नदिई बालेन केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्दैछन्। उनी झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

यसैबीच रास्वपामा राजनीतिक हलचल तीव्र बनेको छ। आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ।

पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भिड बढ्दो छ। सबैको नजर बालेनको निर्णयमा अडिएको छ- राजीनामा कहिले ? चुनाव लड्ने बाटो खुल्छ कि बन्द ?

पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू आजै जनकपुर प्रस्थान गर्दैछन्। बालेन शाह पनि साँझ ५ बजे जनकपुर जाने तय भएको छ।

प्रकाशित मिति : २०८२, ५ माघ आईतबार  १ : १० बजे

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी