२०८३, २१ बैशाख मंगलबार

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका


सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत ४३ लाख ४२ हजार रुपैयाँ घोटाला गरेको भनी सार्वजनिक गरिएको समाचार पूर्ण रूपमा निराधार, तथ्यविहीन र योजनाबद्ध दुष्प्रचार भएको गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-५ का अध्यक्ष शशिनाथ आचार्यले बिना प्रमाण, बिना अध्ययन र बिना जिम्मेवारी समाचार प्रकाशित गर्नु पत्रकारिताको मर्मविपरीत भएको बताउँदै कडा आपत्ति जनाउनुभएको छ। उहाँका अनुसार समाचारको शीर्षकमा नेतृत्वमाथि गम्भीर आरोप लगाइए पनि भित्री विवरणमा त्यसको पुष्टि हुने कुनै तथ्य प्रस्तुत गरिएको छैन।

“शीर्षक एकातिर, तथ्य अर्कैतिर राखेर जनतालाई भ्रममा पार्ने प्रयास गरिएको छ,” प्रवक्ता आचार्यले भन्नुभयो, “यसरी जनप्रतिनिधिको छवि धुमिल्याउने काम लोकतान्त्रिक मूल्य र जिम्मेवार सञ्चारको घोर उल्लंघन हो।”

उहाँले राज्यका प्रचलित कानुन, नीति, कार्यविधि र मापदण्डभन्दा बाहिर गएर पालिकाले एक रुपैयाँसमेत खर्च नगरेको स्पष्ट पार्नुभयो। पालिकाको स्रोत-साधनको दुरुपयोग भएको दाबी पूर्ण रूपमा गलत भएको र यस्तो झुटा प्रचारको कुनै आधार नभएको उहाँको भनाइ छ।

महालेखा परीक्षणबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै आएको इन्द्रावती गाउँपालिका अघिल्लो आर्थिक वर्षमा सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा कम बेरुजु भएको पालिका बन्न सफल भएको तथ्य नै पारदर्शिता र सुशासनको प्रमाण भएको प्रवक्ता आचार्यले उल्लेख गर्नुभयो।

स्वास्थ्य, शिक्षा, कर्मचारी व्यवस्थापन तथा उपभोक्ता समितिसम्बन्धी विषयलाई तोडमोड गरी समाचार बनाइएको भन्दै उहाँले यस्ता भ्रामक सामग्रीप्रति आम नागरिक सचेत रहन आग्रह गर्नुभयो। साथै, प्रमाणविना लगाइने यस्ता गम्भीर आरोपका विरुद्ध गाउँपालिका आवश्यक परे कानुनी बाटो अपनाउन पनि पछि नहट्ने संकेत गर्नुभयो।

प्रकाशित मिति : २०८२, ५ माघ आईतबार  ८ : २४ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष