२०८३, १२ कार्तिक बिहीबार

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

६२ सदस्यीय जिल्ला कमाण्ड


बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको छ । बिर्तामोड निवासी विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय जिल्ला फोर्स गठन गरिएको हो ।

नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित कार्यक्रममा युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले झापा जिल्ला फोर्सको घोषणा गरेका हुन् । कार्यक्रममा विकास गिरी जिल्ला कमाण्डर, भानु सुब्बा र बाबु लिम्बु सहायक कमाण्डरको जिम्मेवारीमा रहने गरी नेतृत्व सार्वजनिक गरिएको छ ।

युथ भोलिन्टियर फोर्सले देशभर जिल्ला तहमा संगठन विस्तारको सुरुआत झापाबाट गरेको हो । घोषणा कार्यक्रममै केन्द्रीय कमाण्डर श्रेष्ठले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि युथ भोलिन्टियर फोर्स देशभर विस्तार गरिने जानकारी दिए । उनले झापामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरिएको उल्लेख गर्दै देशभित्र भइरहेको विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
श्रेष्ठले देश जलाउने र बनाउने शक्तिबीच स्पष्ट भिन्नता छुट्याएर अघि बढ्न युवाहरूलाई आह्वान गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित निर्वाचनमा बहुमत ल्याउनुपर्ने धारणा राखे । विदेशी हस्तक्षेपविरुद्ध युथ भोलिन्टियर फोर्स सतिसालझैँ मजबुत भएर उभिने उनको भनाइ थियो ।

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेललगायत नेताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा जिल्ला कमाण्डर विकास गिरीले जिल्लाका टोलटोलमा सुरक्षा दस्ताका रूपमा युथ भोलिन्टियर फोर्स गठन गर्दै जाने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ५ : १७ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल