२०८३, ८ भाद्र मंगलबार

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

६२ सदस्यीय जिल्ला कमाण्ड


बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको छ । बिर्तामोड निवासी विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय जिल्ला फोर्स गठन गरिएको हो ।

नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित कार्यक्रममा युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले झापा जिल्ला फोर्सको घोषणा गरेका हुन् । कार्यक्रममा विकास गिरी जिल्ला कमाण्डर, भानु सुब्बा र बाबु लिम्बु सहायक कमाण्डरको जिम्मेवारीमा रहने गरी नेतृत्व सार्वजनिक गरिएको छ ।

युथ भोलिन्टियर फोर्सले देशभर जिल्ला तहमा संगठन विस्तारको सुरुआत झापाबाट गरेको हो । घोषणा कार्यक्रममै केन्द्रीय कमाण्डर श्रेष्ठले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि युथ भोलिन्टियर फोर्स देशभर विस्तार गरिने जानकारी दिए । उनले झापामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरिएको उल्लेख गर्दै देशभित्र भइरहेको विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
श्रेष्ठले देश जलाउने र बनाउने शक्तिबीच स्पष्ट भिन्नता छुट्याएर अघि बढ्न युवाहरूलाई आह्वान गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित निर्वाचनमा बहुमत ल्याउनुपर्ने धारणा राखे । विदेशी हस्तक्षेपविरुद्ध युथ भोलिन्टियर फोर्स सतिसालझैँ मजबुत भएर उभिने उनको भनाइ थियो ।

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेललगायत नेताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा जिल्ला कमाण्डर विकास गिरीले जिल्लाका टोलटोलमा सुरक्षा दस्ताका रूपमा युथ भोलिन्टियर फोर्स गठन गर्दै जाने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ५ : १७ बजे

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत