२०८३, ११ कार्तिक बुधबार

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी


भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। घटना मध्यपुर ठिमी नगरपालिका–३ तेर्सेटारमा भएको हो। धनुषा जिल्लाको मिथिला नगरपालिका–११ स्थायी घर भएकी ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीण भण्डारीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार उनीहरू नारायण बोहराको तीनतले घरको पहिलो तलामा डेरा गरी बस्दै आएका थिए। घटनामा मृतक भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।

आमाको हत्या गरेपछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रवीण डिप्रेसनका बिरामी रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  १२ : २१ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा