२०८३, २० आश्विन बुधबार

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी


भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। घटना मध्यपुर ठिमी नगरपालिका–३ तेर्सेटारमा भएको हो। धनुषा जिल्लाको मिथिला नगरपालिका–११ स्थायी घर भएकी ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीण भण्डारीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार उनीहरू नारायण बोहराको तीनतले घरको पहिलो तलामा डेरा गरी बस्दै आएका थिए। घटनामा मृतक भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।

आमाको हत्या गरेपछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रवीण डिप्रेसनका बिरामी रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  १२ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको