२०८३, ३० भाद्र बुधबार

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र पार्टी विधानसम्मत ठहर गर्दै उक्त महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई औपचारिक मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनका सबै निर्णय वैधानिक रहेको निष्कर्ष निकाल्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनले गरेका सम्पूर्ण निर्णयहरूले कानूनी मान्यता पाउने भएका छन्।

यसअघि विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा दायर गरेको निवेदन स्वतः अस्वीकृत भएको छ। आयोगको निर्णयपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूहले गरेका निर्णय तथा काम–कारबाही अब आधिकारिक रूपमा मान्य हुनेछन्।

विशेष महाधिवेशनलाई मान्यता दिइएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो केन्द्रीय कार्यसमिति स्वतः अमान्य भएको आयोगको निर्णयले स्पष्ट पारेको छ। अब प्रत्यक्ष मनोनयनदेखि पार्टीका सम्पूर्ण सांगठनिक तथा प्रशासनिक गतिविधिहरू गगन–विश्व समूहको नेतृत्वमा अघि बढ्ने भएका छन्।

यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालत जाने संवैधानिक बाटो भने खुला नै रहेको आयोग स्रोतले जनाएको छ।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा निर्णायक मोड आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : २०८२, ३ माघ शुक्रबार  ७ : ४६ बजे

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी