२०८३, १९ आश्विन मंगलबार

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या


भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमनास्थित डेरा गरी बस्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ घर भएका ३७ वर्षीय लनाम तामाङ रहेका छन्।

प्रहरीका अनुसार तामाङले आफ्नै श्रीमती ३८ वर्षीया लालमाया तामाङको हत्या गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन्। घरायसी विवादका क्रममा लनाम तामाङले सिलौटो प्रहार गर्दा लालमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २ माघ बिहीबार  ६ : ३९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय