२०८३, ३० भाद्र बुधबार

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक


काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक माघ १ गते बस्ने भएको छ। बैठक ललितपुरको कुपन्डोलस्थित स्थानमा बिहान ११ बजे सुरु हुने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको यो पहिलो औपचारिक बैठक हो। बैठकमा विशेष महाधिवेशनको समग्र समीक्षा, भावी राजनीतिक कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।

बैठकपछि विशेष महाधिवेशनको नतिजा र नयाँ नेतृत्वसम्बन्धी विवरण अद्यावधिक गर्न कांग्रेसको गगन पक्षीय टोली निर्वाचन आयोग जाने तयारीमा छ। अधिवक्ता राजु कटवालका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा उपस्थित भई आवश्यक कागजात र अभिलेख पेश गरिनेछ।

विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको आधिकारिक अभिलेख अद्यावधिक गर्न आयोग जाने प्रक्रिया अघि बढाइएको उनले बताए। विशेष महाधिवेशनका कागजात तथा दस्तावेजीकरण कार्यमा कटवालसहितको टोलीले सहजीकरण गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २ माघ बिहीबार  ११ : २४ बजे

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी