२०८३, ३० भाद्र बुधबार

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित


काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाबारे सहमति जुट्न नसक्दा एक घण्टाका लागि स्थगित भएको छ।

विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा दिने वा सक्रिय राजनीति छोड्ने माग राखेको छ। तर वार्तामा सहभागी नेताहरूका अनुसार यस विषयमा सहमति जुटाउन अझै समय लाग्ने देखिएको छ। ‘अरु विषयमा ठुलो विवाद भएन, तर नेतृत्वले राजीनामा गर्ने वा राजनीति छोड्ने भन्ने विशेष पक्षको मागमा कुरा मिलेन,’ एक नेताले भने।

वार्तामा सहभागी नेताहरूले शीर्ष नेतृत्वसँग परामर्श गरेर मात्रै देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताको निर्णय गर्न सक्ने बताएका छन्। यसै कारण छलफल १ घण्टाका लागि स्थगित गरिएको हो।

त्रिपक्षीय वार्तामा विशेष महाधिवेशन पक्ष (गगन–विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए। सभापति देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक उपस्थित थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार वार्तामा सहभागी थिए।

नेताहरूका अनुसार अब प्रमुख नेतृत्वसँग छलफल गरेर मात्रै राजीनामा वा राजनीतिक विश्रामको निर्णय सार्वजनिक गरिनेछ। कांग्रेसभित्रको यो विवाद र त्रिपक्षीय वार्ताको परिणाम आगामी दिनमा पार्टी नेतृत्वको भविष्य र राजनीतिक प्रक्रियामा ठूलो प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  ७ : ११ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला