२०८३, ३० भाद्र बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ। यसअघि बिहान ११ बजेका लागि डाकिएको बैठक समय परिवर्तन गरी दिउँसो सारिएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ। विशेष महाधिवेशनकै कारण कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने घोषणा गरिसकेका छन्। विवाद समाधानका लागि यसैबीच बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षका नेताहरूबीच वार्ता जारी छ।

संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन् भने विशेष पक्षधरहरूले भने पार्टीको नीति र नेतृत्व चयन गर्ने प्रक्रियाबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

कांग्रेसभित्र जारी यो शक्ति संघर्षले पार्टीको भावी दिशा, संगठनात्मक एकता र राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  १० : ०१ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला