२०८३, ३० भाद्र बुधबार

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि कांग्रेस नफुट्ने र त्यसलाई आफूहरूले रोक्ने स्पष्ट पारेका छन्।

आइतबार बिहान पार्टीका नेता–कार्यकर्तासँगको भेटमा देउवाले विशेष महाधिवेशन पक्षप्रति संकेत गर्दै भने, “पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन। यो हामी रोक्छौं।”

देउवाले विशेष महाधिवेशनलाई वैधानिक नमान्ने अडान दोहोर्‍याउँदै बन्दसत्रबाट आउने निर्णयका आधारमा आवश्यक कदम चालिने बताए। उनका अनुसार पार्टी विधान र प्रक्रिया विपरीत गरिने कुनै पनि गतिविधिलाई मान्यता दिइने छैन।

सभापति देउवालाई भेट्न संस्थापन पक्षका केही नेताहरू पनि बिहानै पुगेका थिए। भेटमा कांग्रेसको एकता जोगाउने विषयमा छलफल भएको बताइएको छ।

यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भइसकेको छ र आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। विशेष महाधिवेशन पक्षले बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरेको छ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको मतभेदले पार्टीभित्र राजनीतिक तनाव बढेको छ। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको टकरावले कांग्रेसको एकता र आगामी राजनीतिक दिशाबारे गम्भीर बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ११ : ३० बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला