२०८३, २० आश्विन बुधबार

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतल निवास पुगेका छन्। विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा रहेको बेला देउवाको भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरिरहेको छ।

आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएपनि त्यसपछि पनि पार्टीभित्रको मतभेद र रणनीतिक छलफल जारी रहेको छ। स्रोतका अनुसार देउवाले शीतल निवासको भेटमा पार्टीभित्रको विवाद र विशेष महाधिवेशनको तालिका बारे सल्लाह गर्न खोजेका हुन्।

विशेष महाधिवेशन स्थगित भएपछि संस्थापन पक्षले थप कदम चाल्ने अडान लिएको छ। उनीहरूले प्रतिनिधिसभा उम्मेदवारी दर्ता र राष्ट्रियसभा चुनावपछि महाधिवेशनको तालिका ल्याउने प्रस्ताव राखेका छन्। यसले देउवाको कदमलाई “सामुहिक राजनीतिक संवादको प्रयास”को रूपमा हेर्ने संकेत दिन्छ।

राजनीतिक विश्लेषकहरूको भनाइ अनुसार, देउवाको राष्ट्रपति भेट सिर्फ औपचारिकता नभई पार्टीमा आन्तरिक सन्तुलन कायम राख्ने रणनीतिको भाग हुन सक्छ। यसले संस्थापन र विशेष महाधिवेशन पक्षबीच थप संवादको ढोका खोल्ने संभावना देखाउँछ।

तर, अहिलेसम्म कुनै निर्णायक निचोड निस्केको छैन। पार्टीभित्रको मतभेद र आगामी राजनीतिक तालिका तय हुन नसकेको अवस्थामा देउवाको कदमले मात्रै विवाद टार्न वा पार्टीलाई स्थायित्वतर्फ लैजान सक्ने हो कि भन्ने प्रश्न खुला छ।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  १२ : १४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको