काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा हुँदैछ। उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने तयारी भइरहेकाले महाधिवेशन आयोजक समितिले विभिन्न रुट निर्धारण गरेको छ।
जुलुस बिहान ११ बजे निस्कने तयारी गरिएको छ र ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट भृकुटीमण्डप तर्फ बढ्नेछन्। देशका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्।
जुलुस निस्कने मुख्य रुटहरू:
- रुट १ – सुन्धारा: चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिम र काठमाडौंका निर्वाचन क्षेत्र ८, ९, १० का सहभागी। वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप।
- रुट २ – रत्नपार्क: नुवाकोट, रसुवा, धादिङ, काठमाडौंको उत्तरी भाग र क्षेत्र ५, ६, ७। पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।
- रुट ३ – पद्मकन्या क्याम्पस: बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा। पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप।
- रुट ४ – शंकरदेव क्याम्पस: भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं क्षेत्र २, ३। पुतलीसडक, पद्मोदय मोड हुँदै महाधिवेशन स्थल।
- रुट ५ – कमलपोखरी: काठमाडौं क्षेत्र १, ४। चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप।
- रुट ६ – कुपण्डोल: ललितपुर, मकवानपुर। कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।
नेता जगदीश्वर नरसिंह केसीका अनुसार, सबै रुटबाट आएका जुलुस भृकुटीमण्डपमा भेला भई उद्घाटन समारोहमा सहभागी हुनेछन्।






प्रतिक्रिया