२०८३, १८ आश्विन सोमबार

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते


काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान करिब ११ बजेतिर क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेको थियो।

जिपमा चालकसहित ६ जना सवार थिए। घटनास्थलमै २ जनाको मृत्यु भएको र घाइतेहरूको उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन्।

घाइते हुनेमा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी, र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  २ : २१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय