२०८३, ११ कार्तिक बुधबार

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनहरूलाई सक्रियतापूर्वक परिचालित गर्न निर्देशन दिनुभएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनहरूलाई सक्रियतापूर्वक परिचालित गर्न निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरूलाई निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन आवश्यक रहेको र पार्टीको नीति, विचार र उपलब्धि जनतासम्म प्रभावकारी ढंगले पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताए। उहाँले निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन मातहतका निकायका प्रतिनिधिलाई आग्रह गर्नुभयो।

बैठकले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न विशेष जोड दिएको छ। महासचिव पोखरेलले सबै जनसंगठनहरूले युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्‍याउनुपर्ने उल्लेख गर्नुभयो।

यसैबीच, महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध भएको दाबी गर्दै, ती घटनामा संलग्न व्यक्तिहरूको फुटेज सार्वजनिक भइसकेको र जनतासँग जानकारी साझा गर्न आवश्यक रहेको बताए। उहाँले ती घटनामा टीओबी, फ्रि तिब्बत मुभमेन्ट र बारबरा फाउन्डेसनसम्मको संलग्नता देखिएको दाबी गर्नुभयो।

पार्टी सचिव र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिनुभयो। उहाँले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  २ : १५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता