२०८३, ११ कार्तिक बुधबार

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी विभाजन हुन लागेको भन्दै यसलाई रोक्न पहल सुरु गरेको छ।

काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा आयोजित छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पार्टी एकता कायम राख्ने उपायबारे विचार विमर्श गरे। छलफलमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतका नेताहरू सहभागी थिए।

केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर पार्ने प्रयास भइरहेको भन्दै यसलाई रोक्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन्। त्यसकारण पार्टी एकता र फुटबाट जोगाउने उपायबारे छलफल भयो। कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ।”

छलफलले विशेष महाधिवेशनको नाममा हुने सम्भावित विभाजन रोक्न, विशेष आयोजकहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय गरेको छ। बरालका अनुसार युवा र जिल्ला सभापतिको भेला बोलाएर पार्टीलाई मुठभेडतर्फ होइन, एकतामा ल्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  २ : ०७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता