२०८३, २० आश्विन बुधबार

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल


काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र उठेको विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वसँग संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन्।

शुक्रबार ललितपुरको कुपण्डोलमा भएको छलफलपछि जारी विज्ञप्तिमा विशेष महाधिवेशनका लागि लिखित निवेदन दर्ता भइसकेको यथार्थलाई स्वीकार गर्दै, पार्टीभित्र देखिएका मतभेद संवाद र सहमतिबाट टुंग्याउनुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई ध्यानमा राखी नयाँ ऊर्जा र सोचका साथ बृहत् एकताबद्ध भएर कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।”

केन्द्रीय सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको नजरमा अझ भरोसायोग्य र विश्वसनीय बनाउनु आवश्यक रहेको र परिवर्तन तथा रूपान्तरणका मुद्दालाई आत्मसात् गरेर नयाँ दृष्टिकोणसहित निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन्।

यो समूहले यसअघि पनि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने माग राख्दै १८ पुसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरिसकेको थियो।

१५औँ महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेको समयमा २५ केन्द्रीय सदस्यको यो समूहले विशेष महाधिवेशनमार्फत पार्टीलाई स्पष्ट दिशामा लैजानुपर्ने पक्षमा उभिएको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ११ : ५० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको