२०८३, ३० भाद्र बुधबार

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले


काठमाडौं । नेकपा एमालेले भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले विश्व राजनीति गहिरो शक्ति संघर्षमा प्रवेश गरेको र वर्तमान विश्व व्यवस्था दोस्रो विश्वयुद्धअघिको अस्थिर अवस्थातर्फ धकेलिँदै गएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टी पंक्तिमा जारी गरिएको अन्तर–पार्टी निर्देशन (अपानी) मा यसबारे विस्तृत विश्लेषण गरिएको छ।

अपानीमा भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य हस्तक्षेप तथा जननिर्वाचित राष्ट्रपतिलाई अपहरणको शैलीमा नियन्त्रणमा लिने कार्यले संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्य र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। यस्ता कदमले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र नियम–आधारित विश्व व्यवस्थालाई कमजोर बनाइरहेको एमालेको ठहर छ।

एमालेले विश्व राजनीतिमा एकल ध्रुवीय वर्चस्व कायम राख्ने प्रयास तीव्र बन्दै गएको र शक्तिशाली राष्ट्रहरूबीचको टकरावले विश्वलाई अस्थिरता र अराजकतर्फ लैजाँदै गरेको विश्लेषण गरेको छ। अपानीमा यस्ता घटनाक्रमका कारण विश्व व्यवस्था पुनः शक्ति केन्द्रहरूको होडबाजीमा फस्दै दोस्रो विश्वयुद्धअघिको अवस्थासँग तुलना गर्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा, पार्टीले नेपालमा भदौ २३ र २४ गते भएका घटनालाई पनि अन्तर्राष्ट्रिय भूराजनीतिक शक्ति संघर्षसँग जोडेर हेरेको छ। सतहमा ती घटना जेन–जी अभियानकर्ता तथा नेपालभित्रका केही शक्ति र व्यक्तिहरूको योजना तथा संलग्नताजस्तो देखिए पनि त्यसको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय शक्ति होडबाजी रहेको भन्दै एमालेले त्यसमा सन्देह नरहेको दाबी गरेको छ।

एमालेले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले साना र विकासोन्मुख मुलुकहरूलाई थप सजग, आत्मनिर्भर र राष्ट्रिय हित केन्द्रित नीति अवलम्बन गर्नुपर्ने सन्देश दिएको पनि अपानीमा उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ११ : २९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला