२०८३, ३० भाद्र बुधबार

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले नागरिक सरकारको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाएको बताउनुभएको छ।

सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकार आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर काम गरिरहेको र केही गैरदलीय भनिएका मन्त्रीहरूले चुनावी तयारी तथा दलीय गतिविधिमा संलग्न भएको कारण आपत्ति जनाउनुभएको छ। उहाँका अनुसार, ‘निर्वाचनको संवेदनशील समयमा मन्त्रीहरूको गतिविधि र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता प्रभावित हुन सक्ने चिन्ता छ।’

बस्नेतले कुलमान घिसिङको रास्वपाको उपसभापति बन्ने प्रक्रियामा र तीनवटा महत्त्वपूर्ण मन्त्रालयको बजेट व्यवस्थापनमा देखा परेका गतिविधिहरूलाई उदाहरण दिँदै सरकारको प्राथमिकता र जिम्मेवारीप्रति ध्यान दिनुपर्ने औँल्याउनुभएको छ।

सचिव बस्नेतले भन्नुभएको छ, ‘जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकार आफ्नै दाबी विपरीत दिशातर्फ जाँदैछ। गैरदलीय भनिएका मन्त्रीहरूले खुलेआम दलीय राजनीति र चुनावी तयारीमा लाग्दा सरकारको नैतिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। निर्वाचनको संवेदनशील घडीमा मन्त्रीहरूको सत्ता–राजनीति र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता कमजोर बनाइरहेको छ।’

उहाँले कुलमान घिसिङ रास्वपाको उपसभापतिको पदमा रहँदै करिब ६० प्रतिशत बजेट व्यवस्थापन गरिरहेको र केही मन्त्रीहरूले चुनाव लड्न कुर्सीको दुरुपयोग गरिरहेको विषयलाई पनि औँल्याउनुभएको छ। बस्नेतले यसलाई ‘नागरिक कर्तव्य वा नैतिक दायित्व नभई सिधै सत्ताको दुरुपयोग’ भनेका छन्।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ४ : १२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला