२०८३, ११ कार्तिक बुधबार

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति


काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो जिम्मेवारी सम्हालेको पहिलो वर्ष (७ जनवरी २०२५–७ जनवरी २०२६) सफलतापूर्वक पूरा गरेका छन्। यस अवधिमा राजदूतावासले शिक्षा, श्रम, लगानी, पर्यटन, मानविक सहयोग र सांस्कृतिक आदानप्रदानमा उल्लेखनीय काम गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

राजदूतावासमार्फत कोरियामा अध्ययनरत १५ हजारभन्दा बढी नेपाली विद्यार्थीको समस्या सुन्ने, भिसा प्रक्रियामा सहजता ल्याउने, छात्रवृत्ति र अध्ययनपछि रोजगारीका अवसरको सुनिश्चितता गर्न पहल गरिएको छ। नेपाली प्राध्यापकहरूसँगको बैठकमार्फत कोरियाली शिक्षण प्रणाली र नेपालमा लागू गर्न सकिने विधिहरूको विषयमा छलफल गरिएको थियो।

मानवीय सहयोगमा पनि दूतावास सक्रिय देखिएको छ। कोरियामा दुःख्द निधन भएका ३१ नेपाली कामदारको शव नेपाल पठाइएको छ भने मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मनोसामाजिक परामर्श र उपचारमा सहयोग गरिएको छ। ‘सुनौं सिकौं’ कार्यक्रममार्फत दैनिक गुनासा र जिज्ञासाहरू समाधान गर्ने कार्य भइरहेको छ।

त्यस्तै, कोरियाली कम्पनी र सरकारी निकायसँगको समन्वयमार्फत नेपालमा जलविद्युत्, स्मार्ट सिटी, रेल पूर्वाधार, कृषि र पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गरिएको छ। सांस्कृतिक क्षेत्रमा पनि ‘नेपाल डे २०२५’, उल्सान फिल्म फेस्टिभल र बहुसांस्कृतिक महोत्सवमार्फत नेपालको जीवन्त संस्कृति, लोकसङ्गीत, नृत्य र हिमालको सुन्दरता विश्वमाझ प्रस्तुत गरिएको छ।

राजदूतावासबाट राहदानी, भिसा, विवाह–दर्ता, जन्म–दर्ता, नागरिकता र अन्य कन्सुलर सेवा प्रदान गरी १९,२७४ नेपाली लाभान्वित भएका छन्। यसरी डा. तुम्बाहाम्फे नेतृत्वमा कोरियामा नेपालको कूटनीति, सामाजिक, शिक्षा र सांस्कृतिक सम्बन्धलाई गतिशील बनाउँदै देशको सम्मान र हित सुनिश्चित गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ४ : ०१ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता