२०८३, ११ कार्तिक बुधबार

जिल्ला सभापति तीर्थ लामाको निर्देशन : विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन आग्रह

जिल्ला सभापति तीर्थ लामाको निर्देशन : विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन आग्रह


काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएका छन्।

बिहीबार जारी विज्ञप्तिमार्फत सभापति लामाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको विशेष महाधिवेशन पार्टीका लागि निर्णायक र ऐतिहासिक भएको उल्लेख गर्दै प्रतिनिधिहरूलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएका हुन्।

आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनका लागि आवश्यक तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै उनले काभ्रे जिल्लाबाट निर्वाचित सबै महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति अपरिहार्य रहेको स्पष्ट पारेका छन्।

साथै, काभ्रे कांग्रेसका अग्रज नेता, विभिन्न तहका जिम्मेवार कार्यकर्ता, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई समेत विशेष महाधिवेशनमा उपस्थित भई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन भूमिका खेल्न सभापति लामाले निर्देशनात्मक अपिल गरेका छन्।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ३ : २२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता