२०८३, २० आश्विन बुधबार

जिल्ला सभापति तीर्थ लामाको निर्देशन : विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन आग्रह

जिल्ला सभापति तीर्थ लामाको निर्देशन : विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन आग्रह


काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएका छन्।

बिहीबार जारी विज्ञप्तिमार्फत सभापति लामाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको विशेष महाधिवेशन पार्टीका लागि निर्णायक र ऐतिहासिक भएको उल्लेख गर्दै प्रतिनिधिहरूलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएका हुन्।

आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनका लागि आवश्यक तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै उनले काभ्रे जिल्लाबाट निर्वाचित सबै महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति अपरिहार्य रहेको स्पष्ट पारेका छन्।

साथै, काभ्रे कांग्रेसका अग्रज नेता, विभिन्न तहका जिम्मेवार कार्यकर्ता, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई समेत विशेष महाधिवेशनमा उपस्थित भई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन भूमिका खेल्न सभापति लामाले निर्देशनात्मक अपिल गरेका छन्।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ३ : २२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको