२०८३, १९ आश्विन मंगलबार

धमाधम छापिँदै नमुना मतपत्र, फागुन २१ को निर्वाचन तयारी तीव्र

धमाधम छापिँदै नमुना मतपत्र, फागुन २१ को निर्वाचन तयारी तीव्र


काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढेको छ । जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य धमाधम भइरहेको छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनका नमुना मतपत्र छपाइ सुरु गरिएको हो । निर्वाचन आयोगका अनुसार यस चरणमा करिब १० लाख नमुना मतपत्र छपाइ गरिनेछ । साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ हुने जनक शिक्षाले जनाएको छ ।

समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची बुझाएका छन् । तीमध्ये १० वटा दलले एकल निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । त्यसअनुसार समानुपातिकतर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिह्न समावेश हुनेछन् ।

निर्वाचन आयोगले समयमै मतपत्र छपाइ सम्पन्न गरी देशभर सुरक्षित रूपमा वितरण गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ३ : १० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय