२०८३, ८ भाद्र मंगलबार

कांग्रेस-एमाले-नेकपाबीच राष्ट्रिय सभामा चुनावी तालमेलको अन्तिम तयारी

कांग्रेस-एमाले-नेकपाबीच राष्ट्रिय सभामा चुनावी तालमेलको अन्तिम तयारी


काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेलको अन्तिम तयारी तीव्र बनेको छ। प्रमुख तीन दलबीच सिट बाँडफाँट र रणनीतिक सहकार्यबारे अनौपचारिक तथा औपचारिक छलफल अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

स्रोतका अनुसार १८ निर्वाचित सिटमध्ये कांग्रेस र एमालेले ७–७ सिट तथा नेकपाले ४ सिट पाउने मोडेलमा छलफल अघि बढेको छ। यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रत्यक्ष संवाद भइसकेको छ भने कांग्रेस–एमाले नेतृत्वबीच पनि निरन्तर समन्वय भइरहेको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा अंकगणितका कारण रणनीतिक तालमेल आवश्यक रहेको बताएका छन्। उनका अनुसार मतभारको यथार्थका आधारमा प्रमुख दलहरू मिलेर अघि बढ्नु आजको बाध्यता हो।

नेकपाले भने प्रमुख शक्ति मिलेर जाने हो भने मतभारका आधारमा सिट बाँडफाँट गरी सर्वसम्मत निर्वाचन गराउने प्रस्ताव अघि सारेको छ। तर कांग्रेस–एमाले मात्रै मिलेर चुनाव लडेमा सबै प्रदेशमा उम्मेदवार उठाउने अडान पनि नेकपाले राखेको छ।

बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले सोमबार रातिसम्म सहमति टुंग्याउने प्रयास भइरहेको छ। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनबाट १८ सदस्य निर्वाचित हुनेछन्, जसको कार्यकाल २० फागुनमा सकिँदैछ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ०२ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद