२०८२, १८ चैत्र बिहीबार

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै


वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्।

शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोडपछि वीरगञ्जमा मुस्लिम समुदायको प्रदर्शन चर्किएको थियो। यस घटनापछि मधेसभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढ्न थालेको छ।

सूचनामा भनिएको छ, “जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानून बमोजिम कारवाही गरिनेछ।”

कर्फ्यु पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू गरिएको छ।

आज हिन्दु समुदायले समेत जय श्रीरामको नारा लगाउँदै प्रदर्शन सुरु गरेपछि वीरगञ्जमा तनाव झनै बढेको छ। प्रशासनले स्थिति नियन्त्रणमा राख्न सुरक्षा बल परिचालन गरेको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : २२ बजे

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’