२०८२, १४ माघ बुधबार

मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि हिन्दु-मुस्लिमसहित सबै समुदायको साझा घर भएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न सबैलाई अपिल गरेका छन्।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र बन्दै गएपछि मुख्यमन्त्री यादवले फेसबुकमार्फत सन्देश जारी गर्दै मधेशको विविधता नै यसको शक्ति भएको बताएका छन्। ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ उनले भनेका छन्।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा हुने घृणा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। प्रदेश सरकारले नागरिकको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्न कडा कदम चाल्ने र अफवाह तथा घृणात्मक गतिविधिमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने उनले जनाएका छन्।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ५१ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार