२०८२, १२ माघ सोमबार

भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्-मादुरोको जीवित प्रमाण चाहियो

भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्-मादुरोको जीवित प्रमाण चाहियो


काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नी सिलिया फ्लोरेससहित पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि सार्वजनिक भएको हो।

उपराष्ट्रपति रोड्रिग्जले भनेकी छन्, “सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सिलिया फ्लोरेसका बारेमा कुनै जानकारी छैन।” बीबीसीले रिपोर्ट अनुसार रोड्रिग्जले मादुरो जीवित रहेको सप्रमाण मागेको र उनको अवस्था अझै अज्ञात रहेको बताएकी छन्।

यसअघि ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, “अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ। मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ।”

राजधानी कारकासमा भएको आक्रमणपछि मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए। उनले अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरेका छन्।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ५ : ३४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै