२०८३, २४ आश्विन आईतबार

भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्-मादुरोको जीवित प्रमाण चाहियो

भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्-मादुरोको जीवित प्रमाण चाहियो


काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नी सिलिया फ्लोरेससहित पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि सार्वजनिक भएको हो।

उपराष्ट्रपति रोड्रिग्जले भनेकी छन्, “सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सिलिया फ्लोरेसका बारेमा कुनै जानकारी छैन।” बीबीसीले रिपोर्ट अनुसार रोड्रिग्जले मादुरो जीवित रहेको सप्रमाण मागेको र उनको अवस्था अझै अज्ञात रहेको बताएकी छन्।

यसअघि ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, “अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ। मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ।”

राजधानी कारकासमा भएको आक्रमणपछि मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए। उनले अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरेका छन्।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ५ : ३४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि